Monday, March 8Nepal News Portal
Shadow

प्रमोद खरेलको स्वरमा रहेको ‘ओई माया’ गीतको भिडियो सार्वजनिक


काठमाडौं, (ससं) । सम्पादक एवम् निर्देशक अनिल सम्राटको निर्देशनमा गायक प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक गीत ‘ओई माया’को भिडियो सार्वजनिक भएको छ । एस सिने प्रोडक्शन हाउस युट्युव च्यानलबाट सोमबार (हिजो) गीतको भिडियो सार्वजनिक भएको हो ।

गीत रबिलाल पाण्डेले लेखेका हुन् भने विजय बिमुनको संगीत र सरोज लामाको संगीत संयोजन रहेको ‘ओई माया’मा गायक प्रमोद खरेलले स्वर दिएका छन् ।गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरेको अभिनय रहेको छ । हरि बहादुर लामाको छायाँकन र कविता थामीको नृत्य निर्देशन रहेको भिडियोको सम्पादन भने कमल एक्चै मगरले गरेका हुन् ।

Total Page Visits: 11 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्