काठमाडौं, (ससं) । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोली) आमहड्ताल गर्ने भएको छ । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको नेता विष्णु रिजालले जानकारी दिएका हुन् ।
उनले भने, ‘सरकारले अवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा बिहीबार आम हड्ताल गर्ने निर्णय भएको छ । यसबारे दिउँसो
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीले संसदीय सुनुवाइबिनै बुधबार शपथ लिएका हुन् ।