Friday, March 5Nepal News Portal
Shadow

दुई वटा कम्पनीको सेयर खुल्दै ,कहिले सम्म आवेदन दिने ? 


काठमाडौं, (ससं) । माघमै दुई ओटा कम्पनीले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्दैछन् । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ यही माघ २३ गतेदेखि खुल्दै छ । कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर बिक्रि खुला गर्नेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

महिला लघुवित्तको आईपीओमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ । पछिल्लो समय आईपीओ प्रति सर्वसाधारणको आकर्षण बढी रहेको छ ।

Total Page Visits: 7 - Today Page Visits: 5
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्