Sunday, March 7Nepal News Portal
Shadow

सिरहामा दूधे बालक बेपत्ता


सिरहा, (ससं) । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षका छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् । आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिएकी हुन्।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उनीहरुको आशङ्का रहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताएका छन् ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्