Saturday, March 6Nepal News Portal
Shadow

प्रचण्डलाई आफै उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको विषयमा विराटनगरको आमसभामा बोलेका विषयमा सात दिनभित्र आफै लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

प्रचण्डले विराटनगरको आमसभामा अदालतले केपी ओलीको निरङ्कुश कदमलाई साथ दिएमा लाखौँ नागरिक सडकमा उतार्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशलाई पनि अवहेलना मुद्दामा आफै उपस्थित हुन आदेश दिएको थियो ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्