Monday, March 8Nepal News Portal
Shadow

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप


जनकपुर, (ससं) प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रचण्ड-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्