Sunday, March 7Nepal News Portal
Shadow

धनगढीमा ओली पक्ष पनि सडकमा


काठमाडौं, (ससं) । धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।
उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्।

उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्‍याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं ’लगायतका नारा उनीहरूले लगाएका थिए।
प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्।
दुबै समूहका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।

धनगढीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Total Page Visits: 4 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्