काठमाडौं, ५ असोज (सस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हनेको संख्या दुई करोड २८ लाख १६ हजार ९८२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा संक्रमितको संख्या तीन करोड १२ लाख २३ हजार ५१२ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ८८१ संक्रमित थपिएका हुन्।
विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४१ हजार ७६९ छ। यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको हो।
Total Page Visits: 4 - Today Page Visits: 2