Thursday, March 4Nepal News Portal
Shadow

प्रचण्ड–नेपाल पक्षको आमहड्ताल ५ बजे सम्म


 काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने जानकारी दिएका हुन् ।

त्यसैक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडौमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ । नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएको नेकपाले जनाएको छ । त्यसैगरी बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्