Monday, May 10Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ। हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ।

Total Page Visits: 47 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्