Monday, March 8Nepal News Portal
Shadow

फागुन १ देखि सौराहा खाद्य महोत्सव


चितवन, (ससं) । सौराहा खाद्य महोत्सव आगामी फागुन १ गते देखि ३ गतेसम्म हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका अध्यक्षले सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताएका हुन् । यो १५ औँ महोत्सव हो । यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो । यस वर्ष भने दैनिक विभिन्न जातिका झाँकीसहित महोत्सव गरिँदै छ ।

सन् २०२१ मा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने र सन् २०२२ सँगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा बढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन्।

Total Page Visits: 6 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्