Monday, March 8Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ।

हाल देशभर १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

Total Page Visits: 8 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्