Sunday, March 7Nepal News Portal
Shadow

सुन र चाँदीकै मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं, (ससं) । आइतबार स्थानीय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ र तेजावी सुन ९० हजार १५० रुपैयाँ कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा करोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्