Friday, March 5Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि


काठमाडौं, (ससं) । पछिल्लो २४ घण्टामा देशभरमा १३० जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ।

Total Page Visits: 10 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्