Thursday, March 4Nepal News Portal
Shadow

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति ?


काठमाडौं, (ससं) । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

Total Page Visits: 10 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्