Monday, March 8Nepal News Portal
Shadow

सनराइजबाट जनक शर्मा पौडेलले दिए राजीनामा


काठमाडौं, (ससं) । सनराइज बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार (आज) सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र बैंकमा भएको छलफल पछि मत्थर देखिएको बिवाद भित्रभित्रै भने रहिरहेको थियो ।
यस्तै अवस्थामा सीईओ शर्माले राजीनामा बुझाएका हुन् । सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्