काठमाडौं, (ससं) । बाँकेको डुडुवा गाउँपालिका ४ मसानघाटमा रहेको भवनमा हाल पहिचान नखुलेका करिब ४० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका ७ स्थित चोरगडा भीरमा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ कलवापुर बस्ने ७५ वर्षीय रामी विष्ट रहेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका ११ जैसीटोल बस्ने ५२ वर्षीय यमबहादुर घतानी झ्याउरे भाङग्रे जाने बाटोमा मृत अवस्थामा फेला परेका छन्। घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Total Page Visits: 9 - Today Page Visits: 1