Sunday, February 28Nepal News Portal
Shadow

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली


काठमाडौं, (ससं) । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । मैनालीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिई सहमतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिपछि उनले विभागको कार्यभार सम्हाल्ने बताइएको छ । यसअघि महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै रिक्त पदमा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई पठाइएको हो ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्