Tuesday, March 2Nepal News Portal
Shadow

आज सुनचाँदीको भाउ कति ?


काठमाडौं, (ससं) नेपाली बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्