Monday, March 8Nepal News Portal
Shadow

११६ वर्षकी महिलाले जितिन कोभिड -१९ संक्रमण


काठमाडौं, (ससं) । फ्रान्सकी ११६ वर्षकी महिला कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जित्न सफल भएकी छिन् । फ्रान्सेली नन लुसिली रान्डनले सन् १९४४ मा सिस्टर एन्ड्री नाम लिएकी थिइन् ।

उनले ११७ औँ जन्मदिनअघि कोरोना संक्रमण जितेर घर फर्किएकी हुन् । जनवरी १६ मा उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो । उनमा कुनै लक्षण भने देखिएन ।

आफू संक्रमित भएको आशंका समेत नगरेको उनले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन् । तोउलोनमा रहेको रिटायरमेन्ट होममा बस्दै आएकी उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको थियो ।

हाल उनी पूर्ण रुपमा संक्रमण मुक्त भएकी छन् । सन् १९०४ को फेब्रुअरी ११ मा जन्मिएकी उनी युरोपकी सबैभन्दा पाको उमेरकी व्यक्ति समेत हुन्।

Total Page Visits: 7 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्