Thursday, March 4Nepal News Portal
Shadow

रुरु जलविद्युतले फागुन ७ देखि आईपीओ बिक्री खुला गर्ने


काठमाडौं, (ससं) । रुरु जलविद्युत परियोजनाले आईपीओ बिक्री खुला गर्ने भएको छ । फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म आवेदन दिने समय थप हुनेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न पाउँनेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रुरुले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको हो । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्