Friday, March 5Nepal News Portal
Shadow

प्रचण्ड–नेपालको विरोधसभाका लागि जुम्लादेखिका कार्यकर्ता सहभागी


काठमाडौं , (ससं) । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा जुम्ला, कालिकोटलगायतका जिल्लाका कार्यकर्ताले समेत सहभागिता जनाएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले बुधबार (आज) काठमाडौंमा आयोजना गरेको विरोधसभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ।

विरोधसभाका लागि देशका विकट मानिने जिल्लाहरु कालिकोट, जुम्ला, डोल्पा अछाम लगायतका जिल्लाका कार्यकर्ताको समेत सहभागिता देखिएको छ। यस्तै, तराईका जिल्लाहरु सिरहा, सप्तरी, महोत्तरी, चितवनसहितका जिल्लाका कार्यकर्ता प्रदर्शनमा देखिएका छन्।

Total Page Visits: 5 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्