Sunday, February 28Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीलाइ प्रचण्डको चेतावानी : ‘दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न नपरोस्’


काठमाडौं, (ससं) नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्न अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका हुन् ।

बुधवार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छरु जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज प्रचण्ड-नेपालले विरोध प्रदर्शन गरेका हुन्।

उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् ।

मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको, उनले भने, हामी अब योभन्दा धेरै अर्थात १० लाख मानिससहित सिंहदरबार र बालुवाटार घेर्न आउने छौँ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्