Saturday, February 27Nepal News Portal
Shadow

विश्वमा कोरोना संक्रमित तीन लाखभन्दा बढी थपिए


काठमाडौं, ८ असोज (ससं) । कोरोना भाइरस (कोभिड-१९)बाट विश्वमा संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २७५ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार २०४ संक्रमित थपिएका हुन् ।

हालसम्म दुई करोड ३६ लाख ५९ हजार २१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ३५ छ। त्यसमध्ये ६२ हजार ३४६ जना गम्भीर अवस्थाका छन्।

यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २१९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार २६४ जनाको मृत्यु भएको हो।

Total Page Visits: 2 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्