Saturday, March 6Nepal News Portal
Shadow

फागुन २ देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले  कोरोना खोप  लाउँन पाउने 


काठमाडौं, (ससं) । सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई सरकारले कोरोना खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो ।
यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइनेछ ।

तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्