Friday, March 5Nepal News Portal
Shadow

२४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, मोरङमा ३, रौतहटमा १, काठमाडौँमा २५, चितवनमा ३, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १, रसुवामा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा २१, नवलपरासीपूर्वमा १, पर्वतमा १, स्याङ्जामा २, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, पाल्पामा २, बाँकेमा १, रुपन्देहीमा २ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यकामा बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको छ।

बिहिबार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्