Saturday, March 6Nepal News Portal
Shadow

आज देशभरको मौसम कस्तो ?


काठमाडौं, (ससं) । देशभर शुक्रबार (आज) को मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदको भनाई छ ।
शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नम्बर १ मा आंशिक बदली रहने छ ।

प्रदेश नम्बर २ मा भने रातिको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

केही दिन चिसो अझै रहिरहने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अहिले बिहान देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्