Friday, March 5Nepal News Portal
Shadow

शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति नहुने


काठमाडौं, (ससं) । नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार उपत्यकाका विभिन्‍न ठाउँमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। काठमाडौंको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्‍न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति नहुने भएको हो।
सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ । यस क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ।

यस्तै गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ।

यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती हुने छैन् । यस्तै कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जाने छ।

कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्