Saturday, February 27Nepal News Portal
Shadow

तुलसीपुरमा भोट माग्न जिल्ला नेता घरदैलोमा


काठमाडौं, (ससं) । फागुन १ गते तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। शुक्रबार (आज) प्रचारप्रसार गर्ने अन्तिम दिन हो। निर्वाचन आचारसंहिता अनुसार आज मध्यरातिबाट औपचारिक रूपमा गरिने प्रचारप्रसार बन्द हुने निर्वाचन संयोजकले जानकारी दिएका छन् ।
तुलसीपुर बजारस्थित संघको भवनमा शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन समितिका संयोजकका अनुसार संघको नेतृत्व चुन्न कुल १ हजार ८ सय ८ जना मतदाताले मताधिकार पाएका छन्।

उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलो गरिरहेका छन्।
संघको नेतृत्वका लागि नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक प्यानलको नेतृत्व टेकनप्रसाद बस्नेत र नेपाल कम्युनिष्ट पार्टी निटक बामपन्थी प्यानलको नेतृत्व रामप्रसाद चालिसेले गरेका छन्।
विभाजन उन्मुख नेकपाले यहाँ भने एकताबद्ध भएर बामपन्थी उम्मेदवार प्रस्तुत गरेको छ।

संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन्। कोषाध्यक्ष, महासचिव लगाएत सदस्यमा स्वतन्त्र उम्मेदवार प्रतिपर्धामा छन्।

निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार भोट माग्दै घर दैलो गर्नु सामान्य कुरा हो। तर, यहाँ उम्मेदवार मात्रै होइन, जिल्लाका प्रमुख नेता भोट माग्दै घरदैलो गरिरहेका छन्।
प्रमुख दलका जिल्लाका शिर्ष नेता व्यापारीको लागि भोट माग्दै हिँडेपछि ब्यापारीको निर्वाचन भए पनि त्यसले संसदीय निर्वाचनको झल्को दिएको छ।
तुलसीपुरमा शुक्रबार बिहानैदेखि नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति तथा सांसद गेहेन्द्र गिरी, पूर्व सभापति घनश्याम रेग्मी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी र शंकर गिरी, नेता केशब आचार्य, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का, नेपाल तरूण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती प्रजातान्त्रिक प्यानलको पक्षमा भोट माग्दै हिँडेका छन्।

केन्द्रमा पार्टी विभाजनको क्रममा रहेको र देशव्यापी रूपमा एक अर्काप्रति लक्षित गरि विरोधका कार्य गरिरहेका नेकपाले तुलसीपुरको व्यापारिक निर्वाचनमा भने साझा उम्मेद्वार प्रस्तुत गरेका छन्।

नेकपा समर्थित बामपन्थी प्यानललाई विजयी बनाउन नेकपा दाङका अध्यक्ष तथा प्रचण्ड–नेपाल समूहका नेता टिकाराम खड्का, सोही समूहका विघटित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका घनश्याम पाण्डे र उनीहरूका भातृ संगठनहरु सडकमै उत्रिएर भोट माग्दै हिँडेका छन्।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्