Tuesday, March 9Nepal News Portal
Shadow

आज देशभर पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना


काठमाडौं, (ससं) । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुशार आज नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता, प्रदेश नं १ का पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता, प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भाबना रहेको छ ।

Total Page Visits: 8 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्