Saturday, February 27Nepal News Portal
Shadow

लाङटाङ राष्ट्रिय निकुञ्जमा शनिबारदेखि महाहन्ट अप्रेसन सुरु


काठमाडौं, (ससं) । लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबारदेखि महाहन्ट अप्रेसन सुरु गरेको छ । निकुञ्ज क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ ।
अघिल्लो वर्षहरूमा झै यो वर्ष पनि अभियान चार महिनासम्म सञ्चालन हुने छ । वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन सुरु गरिएको प्रमुख संरक्षण अधिकृतको भनाई छ ।

निकुञ्जका अनुसार यसपटक सिन्धुपाल्चोक जिल्लाको कात्तिके, नुवाकोट जिल्लाको कसेरी र रसुवाको फलाखुमा थप अस्थायी पोष्ट स्थापना हुनेछन् । निकुञ्जमा सेनाको १४ वटा पोष्ट रहेको छ । अप्रेसनका लागि थप तीनवटा अस्थायी पोष्ट स्थापना गर्न लागिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए । अभियानमा आगलागी नियन्त्रण, अवैध क्रियाकलाप नियन्त्रण लगायतका कार्य गरिने निकुञ्जले जनाएको छ ।

चार महिना सञ्चालन हुने अभियानमा एक महिना रिङ अप्रेसन गरिने छ भने बाँकी तीन महिना कोर अप्रेसन हुने छ । छैठौं महाहन्ट अप्रेसनमा २ सय पासो बरामद भएको थियो ।
२०७६ फागुनदेखि २०७७ जेठ मसान्तसम्मको तथ्यांक हेर्दा बालुवा गिट्टी तस्करी, वन फडानी लगायतका घटना भएका थिए । निकुञ्ज क्षेत्र भित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ । अपरेशन बेश स्थापनापश्चात स्थानीय जनताको नेपाली सेना प्रति सकारात्मक भावना जाग्रित भएको, वन्यजन्तु तथा जैविक विविधताको चोरी शिकारमा नियन्त्रण, खोलानालाबाट ढुंगा माटो ओसारपसार र माछा मार्ने कार्य नियन्त्रण भएको थियो ।

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन सञ्चालन हुँदै आएको छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ । निकुञ्जमा एक हजार भन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दा बढी पंक्षी, ११ प्रकारका सरिसृप, ३० प्रकारका माछा, १० प्रकारका माकुरा र ५८ प्रकारका पुतली पाइन्छन्

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्