Saturday, February 27Nepal News Portal
Shadow

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन


बुटवल, (ससं) । निर्वाचनको स्वागतमा सत्तामा रहेको नेकपा ओली समूहको शक्ति प्रदर्शन बुटवलमा सुरु भएको छ। बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा हुने सभाअगाडि नगरका विभिन्न क्षेत्रबाट जुलुस निस्केको छ।

लुम्बिनी प्रदेशस्तरीय यो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले बताएका थिए।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल पुगेका छन्।
२८ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सभा कास्टिङ भएको र आफ्नो समूहको सभा हेर्न बुटवलमा आउन उद्घोषण गरेसँगै यो सभालाई महत्त्वका साथ हेरिएको छ । २९ माघमा नेकपाका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले समेत बुटवलको सभा इतिहासकै ठूलो हुने भएको बताएका थिए । सभामा प्रमुख वक्ताका रूपमा प्रधानमन्त्री ओली छन् ।

ओलीले सभालाई सम्बोधन गर्ने भएकाले बुटवलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मी सभास्थलभित्र र बाहिर व्यापक परिचालन गरिएको छ । प्रधानमन्त्री ओलीको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्