Thursday, March 4Nepal News Portal
Shadow

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं, (ससं) । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्