Thursday, March 4Nepal News Portal
Shadow

नायिका सुष्मा कार्कीको आज जन्मदिन


काठमाडौं, (ससं) । नेपाली चलचित्र क्षेत्रकी नायिका सुष्मा कार्कीको आज जन्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ। यस कारण उनी बेलाबेला विभिन्न कारणले विवादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि काठमाडौंको लन्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन। यद्यपी उनीहरुले सुष्मासंग माफी माग्दै विवाद सुल्झाएको बताएपनि अहिले आएर श्वेताको बहिनीले पछाडीबाट झम्टँदा आफ्नो पाँच तोलाको सुनको सिक्री हराएको मोबाइल फुटेको हुनाले त्यसको क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्