Monday, March 8Nepal News Portal
Shadow

४ करोड ७ लाख रुपैयाँको आइपीओ निष्कासन हुँदै, भर्ने हैन त?


काठमाडौं, (ससं) । रुरु जलविद्युत् परियोजनाले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरिन लागेको हो । रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ भने स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन भर्न पाइनेछ ।

Total Page Visits: 8 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्