Saturday, February 27Nepal News Portal
Shadow

ढोरपाटनका बाढी पीडितलाई जापानबाट २७ लाख ८० हजार ४ सय ७८ सहयोग


बागलुङ, ११ असोज (ससं) । बागलुङको ढोरपाटन नगरपालिकाका बाढी तथा पहिरो प्रभावितहरुका लागि एन। पि। ओ। गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ राहत सहयोग गरेको छ । समाजका अध्यक्ष दिलु खत्री लगायत समाजका अन्य पदाधीकारी लगायतले करिब ६ सय जना भन्दा बढी व्यक्तिहरु मिलेर संकलित उक्त रकम गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराइएको छ ।

गल्कोटका अधिकांश नागरिकहरु रोजगारीका लागि जापानमा रहेको र ढोरपाटन नगरपालिकामामा परेको बिपतमा उनीहरुलाई पनि दुःखेको तथा मानवीय सभ्यतालाई मध्यनजर गर्दै उक्त सहयोग गरेको बताइएको छ ।
उक्त रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख गैरेले ढोरपाटनलाई पीडामा देख्दा गल्कोटलाई पनि दुःखेको बताउदै उक्त राहतको सहि सदुपयोग गर्न अनुरोध गरेका छन् ।

सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले उहाँहरुले उपलब्ध गराएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ६ ओटा घर गल्कोट समाज जापानको नाममा निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गरे । उनले हालसम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको भन्दै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले पीडितहरुको घाउमा महलम पट्टी लगाउने उद्देश्यले समाजले संकलन गरेको रहत रकमलाई सहि सदुपयोग गर्दै, नगरको प्रतिबद्धता बमोजिम तत्कालै आवास निर्माण गरी हस्तान्तरण गर्न आग्रह गरे ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्