Sunday, March 7Nepal News Portal
Shadow

‘चुनाव हुँदैन प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन’ : प्रचण्ड


चितवन, (ससं) । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनको कदम राष्ट्र, नागरिक र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार (आज) पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आउँदो प्रतिनिधि सभा चुनाव पनि नहुने विचार व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरू आन्दोलनमा रहेको बताउनुभयो ।

विभिन्न जिल्लामा विरोध सभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उहाँले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल सोमवार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका ७ का नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न यहाँ आउनुभएको परिवारजनले जनाएको छ ।
नेता दाहाल सोमवार नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्