Thursday, March 4Nepal News Portal
Shadow

टर्च लाइटमा लुकाएर सुन तस्करी गर्ने एकजना पक्राउ


काठमाडौं, (ससं) । आइतबार (हिजो) राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स(रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताएका छन् ।
उनका अनुसार लाइटमा ६ सय ग्राम सुन लुकाइएको थियो । लाइट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको मरासिनीले बताएका छन् । प्रहरीका अनुसार थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

पछिल्लो समय कामदारलाई प्रयोग गरेर तस्करहरुले सानो परिमाणमा सुन ल्याइ काठमाडौंमा संकलन गर्ने गरेका छन् ।

Total Page Visits: 3 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्