Tuesday, March 2Nepal News Portal
Shadow

‘अब जनताको रुने दिन सिद्धियो, केपी ओलीको रुने दिन आयो : बालकृष्ण खाँण


भैरहवा, (ससं) । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको अब रुने दिन आएको दाबी गरेका छन् । नेपाली कांग्रेसले सोमबार (आज) भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरेका हुन् ।

नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको छ ।’
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको उनको भनाइ छ । यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताएका छन् ।

सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा मिडिया विधेयक, सूचना प्रविधि विधेयक ल्याएर जनताको मुख थुन्ने काम गरेको उनले बताए ।

संविधानमाथि निरन्तर प्रहार गर्ने र जनताको जीवनप्रति असंवेदनशील ओलीलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको खाँणको भनाइ छ । उनले भने, ‘नेपाली जनताले दिन गन्ती सुरु गरे, प्रधानमन्त्री र मन्त्रीहरूले झिटीगुन्टाको व्यवस्थापन गर्नुस् ।’

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्