Saturday, March 6Nepal News Portal
Shadow

८ हजार घुससहित नायब सुब्बा पक्राउ


काठमाडौं, (ससं) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द ८ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियारको टोलीले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुसलिएको अभियोगमा उनलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीले दाहालले घुस चन्दलाई दिई सकेको अवस्थामा भाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Total Page Visits: 7 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्