Monday, March 8Nepal News Portal
Shadow

म्यानमारमा ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय


काठमाडौं, (ससं) । म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको हो ।
‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय थप हुने र जरिवाना पनि तोकिने भएको छ ।
म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो ।
प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्