काठमाडौं, (ससं)। महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । गृह मन्त्रालयले एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले बताएको छ । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको छ ।
थापाकै कार्याकालको अन्त्यतिर प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पनि पक्राउ परिन् । थापाको १२ वैशाखमा महाशाखामा सरुवा भएको थियो ।
Total Page Visits: 2 - Today Page Visits: 1