Tuesday, March 2Nepal News Portal
Shadow

आज पनि सुनको मूल्य घट्यो, प्रतितोला कति ?


काठमाडौं, (ससं) । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (हिजो) तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्