Sunday, February 28Nepal News Portal
Shadow

सोलुखुम्बुका स्थानीयहरुले लगाए वडा कार्यालयमा तालाबन्दी


सोलुखुम्बु, (ससं) । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा न. ४ कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामकुमार राईले खरिवा–रोहि–फपलुब्म सिचाँई योजनाको समिति गठनमा आफुखुसी गरेको भन्दै हिजो बुधबार स्थानीयहरुले तालाबन्दी गरेका हुन् । कार्यालय समय भन्दा बाहिर र वडा सचिवको अनुपस्थिति बिनै एकलौटी तवरले ३६ जनाको नाम उल्लेख गरेपनि हस्ताक्षर १३ जनाको मात्र राखि समिति गठन गरिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

नविन नाछरिङको संयोजकत्वमा गएको १० जनाको टोली तालाबन्दी गरेको स्थानिय शुकवीर राईले जानकारी दिएका छन् । समितिको निर्णय सचिवले लेख्नु पर्ने ठाउँमा अध्यक्ष आफँले लेखेको कारण वडाबासी एक भएर संघर्षमा उत्रिएको उनले बताएका छन् । यो समितीलाई हेरफेर वा सबै लाभग्राहिलाई राखेर अर्को समिती गठन नभएसम्मको लागि तालाबन्दी गरिएको स्थानीयको भनाई छ ।
यता वडाध्यक्ष रामकुमार राईले भने आफुले कुनै पनि योजना एकलौटी ढंगले सञ्चालन तथा समिति गठन नगरेको प्रतिक्रिया दिएका छन् ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्