काठमाडौं, (ससं) । म्यानमारमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ। २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी बनेकी छन्।
गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र गोली प्रयोग गर्दा उनको टाउकोमा गोली लागेको थियो।
शुक्रबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका हुन् ।
सैन्य कू को विरोधमा म्यानमारमा प्रदर्शन भइरहेको छ। युवतीको मृत्युपछि प्रदर्शन झनै चर्कने सक्ने अनुमान गरिएको छ।
Total Page Visits: 3 - Today Page Visits: 1