Sunday, February 28Nepal News Portal
Shadow

तरुण दलद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं, (ससं) । नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पटन अस्पताललाई विभिन्न स्वस्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले फाल्गुन ७ गते शुक्रबार (आज) अस्पतालमा उपस्थित भई ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोरोना भाईरसको जोखिमको अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरिरहेको भन्दै हौसला प्रदान गरेको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज बिहान एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल लगनखेलमा गई अस्पतालका रजिस्ट्रार प्रा.डा. पारस आचार्यलाई उक्त सामाग्री हस्तान्तरण गरेको तरुण दलले जनाएको छ ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्