Thursday, March 4Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । देशभर २४ घण्टामा थप ९७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, पर्सामा १, काठमाडौँमा २३, चितवनमा २३, धादिङमा १, भक्तपुरमा ६ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १६, तनहुँका १, नवलपरासीपुर्वमा ३, बागलुङमा २, अर्घाखाँचीमा १, दाङमा १, नवलपरासीमा १, पाल्पामा १, बाँकेमा २, रुपन्देहीमा ७, जाजरकोटमा १ तथा बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार ९ सय ३१ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्