काठमाडौं, १५ असोज (ससं) । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार २४४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कूल संक्रमितको संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ हजार १६४ जनाको मृत्यु भएको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
विश्वमा अहिलेसम्म दुई करोड ५४ लाख नौ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्। अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।
Total Page Visits: 5 - Today Page Visits: 1