Saturday, February 27Nepal News Portal
Shadow

दोलखामा पत्नीको हत्या गरेर फरार आरोपी पक्राउ 


काठमाडौं, (ससं) । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा हिमाल थामीले शनिवार (आज) बिहान पत्नीको हत्या गरेका छन् ।
बिहान साढे २ बजे घरायसी विवादमा २८ बर्षिय हिमालले २२ बर्षिया सुनिताको हत्या गरेका हुन् । पत्नीको हत्या गरेर भागेका हिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
हत्याको सूचना पाएको सवा २ घण्टामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
कालिञ्चोक–६ खारेबेसी घर भएका हिमाललाई सोही गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने इसाईगोलाबाट प्रहरीले पक्राउ गरेको हो । हिमालले खुकुरी प्रहार गरेर सुनिताको विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनिताको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दोलखा पठाईएको छ ।

Total Page Visits: 3 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्