Friday, March 5Nepal News Portal
Shadow

स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा १६५औं रक्तदान


काठमाडौं, (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६५औं पटक रक्तदान गरेका छन् । झापाको विर्तामोडमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कर्माचार्यले बिशेष अतिथिको रुपमा १६५औं रक्तदान गरेका हुन् । उक्त कार्यक्रमको आयोजना आज बिर्तामोडस्थित मुक्ति चोकमा बिराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि सहकारी संघका अध्यक्ष गणेश ढकाल थिए । रक्तदान कार्यक्रममा महिला र पुरूष गरी १६५ जनाले स्वयंसेवी तवरबाट रक्तदान गरेका थिए ।

१६५औं पटक रक्तदान गरेका स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई संस्थाका अध्यक्ष र अन्य अतिथिहरूले संयुक्तरूपमा सार्वजनिक सम्मान गर्दै सम्मान–पत्र प्रदान गरेका थिए । कार्यक्रममा अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश सिवाकोटी रहेका थिए ।

 

स्वयंसेवी रक्तदाता समाज रक्त व्यवस्थापनमा सबैको सहभागीता नारालाई सार्थक सिध्द तुल्याउँदै देशभर रक्तदान कार्यलाई आ–आफ्नो ठाउँबाट साथ सहयोग गर्दै आईरहेको छ । जसको कारण पीडितलाई उपचारका क्रममा आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरू उपलब्धतामा सहयोग मेलेको छ ।

Total Page Visits: 9 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्